महरालाई कारवाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

सेयर गर्नुहोस्

४ चैत्र, काठमाडौँ  । सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने प्रकृया शुरु गर्न र बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति विनोद चौधरीको पनि बयान लिन गृहमन्त्री लामिछानेले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *