राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने काममा लागेको छ : प्रमुख सचेतक बर्तौला

सेयर गर्नुहोस्

४ चैत्र, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने काममा लागेको बताएका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुती देखाइरहेको उनको भनाइ छ। कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गरेका उनले अनुसन्धानले दोषी ठहराएको खण्डमा कोहीलाई पनि उम्किन दिनु नहुने बताए।

गृहमन्त्रीमाथि आक्रमण गर्नु भनेको सरकार ढाल्न सकिन्छ कि भनेर गरिएको चलखेल रहेको उनले आरोप लगाए। ‘रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ- छानबिन सबै तहबाट होस् भनेर।यसलाई राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्वकर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुती देखाइएको छ,’ उनले भने। सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *