विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

सेयर गर्नुहोस्

५ चैत, विराटनगर । विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी विराटनगर– ४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । 

सिराहको फुल्काहकट्टी नगरपालिकाकी बासिन्दा नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा डेरामा बस्थिन् । उनको हत्या भएको अवस्थामा शव शुक्रबार दिउँसो कोठामै फेला परेको थियो । नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । चन्द्रिका कुमारीका प्रेमी शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए ।

उनी २६ फागुनमा काठमाडौं आएका थिए । काठमाडौंबाट उनी सिराहास्थित घर भने गएनन् । सीधै विराटनगरमा आए । २९ फागुनमा विराटनगर आएका उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *