पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई सीआईबी पुर्‍याइयो

सेयर गर्नुहोस्

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्‍याइएको छ । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महरालाई सोमबार बिहान कपिलवस्तुबाट प्रहरीले पक्राउ गरेको प्रहरी महानिरीक्षक ९आईजी० बसन्त कुँवरले जानकारी दिए । उनलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौं ल्याएर सीआईबीको कार्यालय लगिएको हो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट ९भेप० मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *