दक्षिण अफगानिस्तानमा सडक दुर्घटना हँदा २१ जनाको मृत्यु, ११ घाइते

सेयर गर्नुहोस्

५ फाल्गुन । अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताएका छन् । हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनाको कारण लापरबाही ड्राइभिङ हुनसक्ने बताइएको छ । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । अफगानिस्तानमा विगत १० महिनामा सडक दुर्घटनाका कारण १ हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ४ हजारभन्दा बढी घाइते भएको देशको ट्राफिक प्रहरी महानिर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *