प्रधानमन्त्री प्रचण्ड, रमेश लेखक र कृष्ण सिटौलाबीच भेटवार्ता

सेयर गर्नुहोस्

६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा नेपाली कांगेसका संसदीय दलका नेता कृष्ण सिटौला र प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक अघि नयाँ वानेश्वर स्थित संसद भवनमा उनीहरुबीच छलफल भएको हो । नेताहरुका अनुसार संसद संचालन, प्रिबजेट छलफल र संसदमा बिचाराधीन विधेयकहरुका सम्बन्धमा उनीहरुबीच छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा शून्य, विषय र आकस्म्कि समयमा उठेका प्रश्नहरुको जवाफ दिए । उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको दायरमा रहेको भनी प्रश्न उठाउँदै आएको छ । यस सम्बन्धमा पनि प्रधानमन्त्रीले जवाफ दिएका छन् । त्यस अगाडि प्रधानमन्त्रीले नेताद्धय सिटौला र लेखकसँग संवाद गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *