साथीको हत्या गरी फरार रहेका २१ वर्षपछी अभियुक्त पक्राउ

सेयर गर्नुहोस्

६ चैत, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नहकुल पोखरेलले जानकारी दिए । उनका अनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *