सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति बनाउन आबश्यक छैन : अध्यक्ष ओली

सेयर गर्नुहोस्

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन हुन नसक्ने बताउदै सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति बनाउन आबश्यक नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेका थिए ।

तर मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति मात्र दिएको आरोप लगाए । ‘सरकार भन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन’, ओलीले भने, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौं । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने रु सम्भव नै छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *