श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि गरे आत्महत्या

सेयर गर्नुहोस्

७ फागुन, विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेका छन् । मोरङको बेलबारी नगरपालिका १ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका हुन् । आठ वर्षीय छोरा भने बाँच्न सफल भएका छन् । प्रहरीका अनुसार शिशौलीमा पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । श्रीमती ४५ वर्षीया गीता लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 लिम्बू धारिलो हतियारले आफ्नो घाँटी रेट्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए । पहिले पनि झगडा भइरहने रहेछ, घर झगडाकै कारण घटना भएको देखिन्छ, डीएसपी दाहालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *