रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरिएसम्म संसद् बैठक चल्न दिदैनौं : रामहरी खतिवडा

सेयर गर्नुहोस्

७ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरिएसम्म संसद् बैठक चल्न नदिने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ आफूहरूलाई चित्त नबुझेको उनले उल्लेख गरे । उनले कांग्रेसले संसद्मै संसदीय छानबिन समितिको माग गरेको बताए । समिति गठन नगरिए बैठक चल्न नदिने उनले चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *