होटलमा सञ्चालित क्यासिनोबाट चार नेपालीलाई पक्राउ

सेयर गर्नुहोस्

७ चैत, वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका १५ स्थित भिश्वा होटलमा सञ्चालित क्यासिनोमा बुधबार छापामारी गरी चार नेपालीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१५ का ३२ वर्षीय प्रताप लामा सीएमजी क्लबको सेक्युरिटी गार्ड, सर्लाहीको बरहथवा नगरपालिका–११ का ३४ वर्षीय उमेश कार्की सीएमजी क्लबकै मार्केटिङ म्यानेजरु, वीरगञ्ज–१६ का ३४ वर्षीय पप्पु सिंह सीएमजी क्लबको मनिटर र वीरगञ्ज–८ का ४० वर्षीय सुरजकुमार कलवार छन् । होटलको क्यासिनोमा नेपालीहरूलाई छिराउँदै अनधिकृत रुपमा जुवा खेलाउने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *