राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित

सेयर गर्नुहोस्

७ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक एक साता पछि बस्ने गरी स्थगित भएको छ । अर्को बैठक यही चैत १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रिबजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । साथै, राष्ट्रिय सभाले अनुमगन तथा मुुल्यांकन सम्बन्धी विधेयकमा प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको छ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा रहने गरी सात जना सांसदको नाम मनोनयन गरेको छ । मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की ९अछामी०, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *