ललितपुर घटनाका आरोपीहरुलाई प्रहरीले गर्यो सार्वजनिक

सेयर गर्नुहोस्

१३ चैत, काठमाडौं । आइतबार राति होली खेलेर खाजा खान ललितपुर महानगरपालिका २६ ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या मा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका(२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *