सानै उमेरमा समाजसेवामा लागेकी सुप्रिया, जसले क्यान्सर पिडितका लागि गरिन कपाल दान

सेयर गर्नुहोस्

१३ चैत, काठमाडौं । जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाही ले क्यान्सर पिडितका लागि कपाल दान गरेकि छिन । सानै देखी गाँउको समाजसेवामा लागेकी शाहीले सोमबार क्यान्सर पिडितहरुको लागी आफ्नो कपाल दान गरेको सामाजिक सञ्जाल माफर्त जानकारी दिएकी हुन् । सोमबार सामाजिक संजाल फेसबुक उनले लेखेकी छन् :

यो निर्णय सम्म पुग्न त्यति सजिलो विल्कुलै भएन ।
सामाजिक प्राणीका रुपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो ।
मैले मेरो मनलाई जिते ।
म मेरो यो निर्णय बाट एकदमै खुसि छु । विभिन्न रोग र हिंसा, विशेष गरि क्यान्सरबाट पिढीत आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुले आफ्नो कपाल गुमाउनु भएको छ ।
मैले उहाँहरुको पिडा देखेको छु!
धेरै केहि गर्न नसके पनि म केहि पल, केहि छिन उहाँहरुको साथमा उभिन चाहन्छु।
संग संगै एक नारीको सैन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरुमा पनि केहि परिवर्तन भएको हेर्न चाहन्छु ।
म मेरो कपाल, अनुहार र लुगाले मलाई सुन्दर देख्ने जमातलाई “कपाल नहुदा मलाई कस्तो देख्नु भयो?” प्रश्न गर्न चाहन्छु।
मैले मेरो कपाल क्यान्सर पिढितका लागी दान गरेको छु ।

सानै उमेरदेखी समाजसेवामा लागेकी सुप्रियाले क्यान्सर पिडितका लागी कपाल दान गरेपछी उनी यतिबेला सबैको लोकप्रिय बनेकी छन् । बिगतका कोभिड र भुकम्प पिडितका लागी बिभिन्न अभियानहरु सञ्चालन गर्दै अन्य संघ सस्थाहरुसंगको सहकार्यमा उनले आफ्नो गाँउको लागी धेरै नै योगदान गरेको स्थनियहरु बताउछन्। बसाई काठमार्डौ भएपनी उनि हरेको बिषम परिस्थितिहरुमा आफ्नै गाँउको सेवा गरिरहेकी हुन्छिन् । बिगतका बर्षहरुमा कोभिड र भुकम्प पिडितका लागि विभिन्न अभियान संचालन गरि सामाजिक कार्यमा टेवा पुर्‍याउदै आएकी शाही अहिले काठमाडौं कानुन बिषय लियर अध्यन गरिरहेकि छिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *