स्पष्टीकरण सोधेपछि रमेश खरेलले छोडे रास्वपा

सेयर गर्नुहोस्

१४ चैत, काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० छोडेका छन् । पार्टीले स्पष्टीकरण सोधेपछि खरेलले राजीनामा बुझाए छन् । उनले सो पाटीमा नरहने घोषणा गरेका छन् । खरेलले बुधबार बाटै लागू हुने गरी पदबाट राजीनामा बुझाएको महामन्त्री डा। मुकुल ढकालले जानकारी दिएका छन् ।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । तर, उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए । खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए । यसपछि उनलाई अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो ।

उनले राजीनामा पत्रमा पार्टीबाट अलग हुने समय आइपुगेको भन्दै अवसर र अनुभवको मौका दिएकोमा रास्वपा प्रति आभार व्यक्त गरेका छन् । यसअघि सुशासन पार्टीका अध्यक्ष रहेका खरेललाई रास्वपाले केन्द्रीय सदस्य बनाउन खोजे पनि जिम्मेवारी लिन भने अस्वीकार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *