आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु

सेयर गर्नुहोस्

१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजबाट सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई सुरु भएको हो । ८ बजेदेखि सुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा रहेको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० २७ गतेसम्म चल्ने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *