धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल आफ्नै घरमा मृत अवस्थामा फेला

सेयर गर्नुहोस्

१६ चैत, काठमाडौं । जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । डाक्टर धौभडेल बिहीबार आफ्नै कोठाको बाथरुममा मृत भेटिएकी हुन् । मृत अवस्थामा फेला परेकी उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  प्रहरीका अनुसार ३४ वर्षीया धौभडेल सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रतिभाका श्रीमान पनि डाक्टर नै हुन् । असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *