गायक रवि ओडविरुद्ध बलात्कार मुद्धामा पक्राउ पूर्जी जारी

सेयर गर्नुहोस्

२३, चैत्र, काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कार मुद्धामा पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज जोशीले जिल्ला अदालतको अनुमति लिएर पक्राउ पुर्जी जारी गरिएको बताए । चैत २० गते ओडकी श्रीमतीले प्रहरीमा किटानी उजुरी दिएकी थिइन् । सोही दिन अदालतले पनि पक्राउ पुर्जीको अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको जनाए । ‘हामीले उहाँ हुनसक्ने ठाउँमा पत्राचार समेत गरेर खोजी तीव्र पारेका छौं,’ डीएसपी जोशीले भने । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *