प्रधानमन्त्रीले सांसद पदबाट राजीनामा दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

सेयर गर्नुहोस्

२२ चैत, गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनुपर्ने बताएका छन् । गोरखा–२ मा नेपाली कांग्रेसका कार्यकर्ताको मतको मद्दतमा चुनाव जितेर धोका दिनु राजनीतिक रुपले अनैतिक ठर्ने उनले बताए ।

प्रचण्डले जुन गठबन्धनबाट चुनाव लड्नुभयो त्यसलाई अर्को निर्वाचनभन्दा पहिले छाड्नु राजनीतिक र नैतिक हिसाबले उपयुक्त हुदैन’, बिहीबार गोरखामा पत्रकारहरुसँग उनले भने, ‘उहाँले पूर्वगठबन्धनलाई परिवर्तन गर्ने हो भने जसको सहयोगमा निर्वाचन जित्नुभएको छ उनीहरुलाई धोका दिएको ठहर्छ । त्यस्तो स्थितिमा उहाँले जितेको निर्वाचन क्षेत्रबाट राजीनामा दिएर नयाँ निर्वाचन गर्नु उपयुक्त हुन्छ । गोरखा–२ बाबुराम भट्टराईले २०६४ र २०७४ मा चुनाव लडेको निर्वाचन क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *