क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जना पक्राउ

सेयर गर्नुहोस्

२२ चैत, काठमाडौं । क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भई काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो । 

क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *