राष्ट्रपति पौडेल तनहुँको भिमाद जाँदै

सेयर गर्नुहोस्

२३ चैत, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् । भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद आउने भएका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट भिमाद आउने छन् ।

बिहान ११ बजे जनज्योती क्याम्पस परिसरमा कार्यक्रम सुरु गर्ने गरी तयारी गरिएको क्याम्पस प्रमुख केशवराज काफ्लेले बताए । राष्ट्रपति पौडेल यसअघि गत चैत १७ गते देवघाट आएका थिए । राष्ट्रपति पौडेल आउँदो वैशाख ३ गते म्याग्दे गाउँपालिकाको नवनिर्मित भवन उदघाटनका लागि तनहुँ आउने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *