इलामको चुनाव परिचालन संयोजकमा महामन्त्री बिश्वप्रकाश शर्मा

सेयर गर्नुहोस्

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचन हुने दुई क्षेत्रका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा संयोजक बनेका छन् भने बझाङ प्रदेश सभा (१) का लागि पूर्वमन्त्री एनपी साउद संयोजक बनेका छन् । चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले जानकारी गराए ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा इलाम–२ मा ८ स्वतन्त्र सहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन् । बझाङको प्रदेश सभामा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *