तनहँमा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

सेयर गर्नुहोस्

२५ चैत, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ सांगे शेरामा एक पुरुषले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । ३५ वर्षका जीतबहादुर कुमालले धारिलो हतियार दाउले हिर्काउँदा ३२ बर्षकी सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराले जानकारी दिए । जीतबहादुर र सुकमाया श्रीमान श्रीमती हुन् । शनिबार दिउँसो सवा ४ बजे भएको उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी बोहराले बताए । प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *