वीरगञ्जको नेशनल मेडिकल क्लेजमा महानगरपालिकाको छापा, एम.डि र ल्याब टेक्निसियन पक्राउ

सेयर गर्नुहोस्

२६ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल क्लेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ। मेडिकल क्लेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि क्लेजका एम।डि सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापा मारेको हो।

छापामारीमा सन २०१९, २०२०, २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला परेको छ। थप बिवरण आउँन बाकी रहेको पर्सा प्रहरीले जनाएको छ। प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए। उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको ९डेट एक्सपायर० केमिकलहरु बरामद भएको छ। बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *