धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

सेयर गर्नुहोस्

३० चैत, जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा साँझ करिब ७ बजे मृत्यु भएको डिएसपी अवाले बताए । टिपर र टिपर चालक उदयपुरको कटारी नगरपालिका ५० चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *