पक्राउ परेका छुटे एन्फा उपाध्यक्ष दावा लामा

सेयर गर्नुहोस्

६ वैशाख, काठमाडौं । लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए सर्वोच्च अदालतबाट तारेखामा राख्नु भन्ने आदेश लिएको खुलेपछि अखिल नेपाल फुटबल संघ ९एन्फा०का उपाध्यक्ष दावा लामा छुटेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उच्चको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *