चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

सेयर गर्नुहोस्

९ वैशाख, काठमाडौं । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका ४ वर्षकै कमल अधिकारी छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

६ वैशाखमा नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई प्रहरीले पक्राउ गरेको थियो । चामलको बोराभित्र लुकाएर उनले उक्त लागु औषध ल्याएका थिए । उक्त लागु औषध काठमाडौं आइसकेपछि अधिकारीले बेच्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी रामेश्वर कार्कीले बताए । पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *