सिराहामा लागुऔषधसहित उदयपुरका युवक पक्राउ

सेयर गर्नुहोस्

१० बैशाख,सिराहा । सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीमा प्रहरीले चेकजाँचको क्रममा उदयपुरका युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उदयपुरको त्रियुगा नगरपालिका– १२ सगरमाथा टोलका करिब २० वर्षीय साइल राईलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।प्रहरी चौकी ठाढीबाट खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका राईलाई शंका लागेपछि रोकेर चेकजाँच गर्दा नौ पत्ता (७२ एम्पुल) एसिटमिनोफर्म, दुई–दुई एम्पुल डाइजिपाम, बुप्रेनर्फिन र प्रोमेथाइजिन हाइड्रोक्लोराइड बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागुऔषधसहित पक्राउ गरिएका राईलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *