बैंकिङ्ग कसुरमा फरार रहेकी करुणा शाही पक्राउ

सेयर गर्नुहोस्

१२ वैशाख, बाँके । बैंकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका ११ बस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले आइतवार पक्राउ गरेको हो । उनलाई बर्दियाको, बानियाभारबाट (माइतीघर) प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालयका डीएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैँकको कागजात रुजु हुने क्रममा रहेको जानकारी दिएका छन् । केही समय अगाडि बैंकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए । उनलाई गत माघ २७ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यालय बाँके पुर्याइएको थियो । त्यसपछि गत फागुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *