राजबहादुर मल्ल हत्याका आरोपी भारतबाट पक्राउ

सेयर गर्नुहोस्

१३ वैशाख, काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावत पक्राउ परेका छन् । उनलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले पक्राउ गरेको पुष्टि गरे । ४ दिनअघि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरे पनि आजसम्म घटनालाई गोप्य राखिएको थियो ।

यो प्रकरणमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ । तर आरोप लागेका ६ जनामध्ये अन्य कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । अन्य आरोपीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *