मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ

सेयर गर्नुहोस्

१५ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । मतदान गरेपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताए ।
इलाम(२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ । ४२ वडा रहेको इलाम(२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *