जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

सेयर गर्नुहोस्

१५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने जनपाले जनाएको छ । बैठक अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्नेछ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो । निर्देशिकाले जसपाको करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *