बझाङमा एमालेले लियो अग्रता

सेयर गर्नुहोस्

१७ वैशाख, काठमाडौं । बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ । एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् । भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *