भोजपुरमा जिप दुर्घटना

सेयर गर्नुहोस्

१७ वैशाख, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *