ललितपुरको गोदावरीमा जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते

सेयर गर्नुहोस्

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घाइतेहरुलाई अस्पतालतर्फ लगिँदैछ । ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *