पर्सामा नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी

सेयर गर्नुहोस्

१८ वैशाख, काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए । चोरी भएको समयमा बैकमा सेक्युरेटी गार्डसमेत नभएको खुलेको छ । सेक्युरेटी गार्ड नभएका कारण घटना थप संकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ । ५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे थप केही बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *