डोल्पाबाट निर्बाचित सबै सांसद बने मन्त्री

सेयर गर्नुहोस्

१८ वैशाख, डोल्पा । डोल्पाबाट प्रतिनिधिसभा र कर्णालीसभामा प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री बनेका छन् । प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा संघीय सरकारको र कर्णाली प्रदेशसभामा निर्वाचित वीरबहादुर शाही र शेरबहादुर बुढा कर्णाली सरकारको मन्त्री बनेका हुन् । मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सांसद शाही र बुढालाई मन्त्री नियुक्त गरेका हुन् ।

डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् । शाही यसअघि कर्णालीको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका थिए । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री छन् । एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *