ललितपुरको गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

सेयर गर्नुहोस्

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका वडानम्बर ४ कै ५० वर्षीय रमेश पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए । ललितपुरको गोदावरी नगरपालिका-६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *