लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

सेयर गर्नुहोस्

६ जेठ, लमजुङ । लमजुङको दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर दोर्दी गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको हो । स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीहरुसँग किसेदि खोलामा माछा मार्न गएका थिए ।

सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडेर खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *