एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

सेयर गर्नुहोस्

१६ जेठ, भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्ष चुनिएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् । अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा ७ सय ६१ प्रतिनिधि सहभागी थिए । मतदानमा कुल ७ सय २९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *