गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द

सेयर गर्नुहोस्

१६ जेठ, विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ । केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उनले बताए । वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *