मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने बजेट प्रस्तुत भएको छ : दवेन्द्र पौडेल

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मुलुकको अर्थ प्रणालीलाई सही बाटोमा ल्याउने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले पछिल्लो १५ वर्षमा मुलुकमा बढ्दै गएको निराशालाई लयमा ल्याउने गरी अर्थमन्त्रीले बजेट ल्याएको बताए । बजेटमा केही कमी कमजोरी र कार्यान्वयनमा आशंका रहेको भन्दै उनले त्यसमा अर्थमन्त्रीले ध्यान दिनुपर्ने धारणा राखे ।

‘४/ ५ वर्षयता बजेट लयमा हिँडेको थिएन, त्यसलाई लयमा ल्याउने काम यो बजेटले गर्‍यो’ उनले भने । चालु आर्थिक वर्षमा २० खर्बसम्मको बजेट आउने अपेक्षा रहेको भन्दै पौडेलले तर अर्थमन्त्रीले स्रोतमा ध्यान दिएर १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए । बजेटले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तुलनात्मक रुपमा सन्तुलित र सम्भव भएको पौडेलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *