यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी काम गर्ने छौँ : पर्यटनमन्त्री तामाङ

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी सरकारले काम गर्ने बताएका छन् । गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै मन्त्री तामाङ कोभिड-१९ का कारण पर्यटक आगमन घटेको भन्दै उनले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम गर्ने बताएका हुन् ।

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उनले नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताए । पर्यटन क्षेत्रको विकासले मुलुकaको समृद्धिको आधार समेत तयार हुने उनको दाबी छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *