गण्डकी प्रदेशसभामा एमाले र माओवादीको नाराबाजी

सेयर गर्नुहोस्

२८ जेठ, कास्की । गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले नाराबाजी गरेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मागेको विश्वासको मतमा मतदान गर्नुअघि एमाले र माओवादी सांसदहरुले रोस्टम अगाडि आएर नाराबाजी गरेका हुन् । उनीहरुलाई मर्यादापालकले रोकेका थिए ।

एकैछिन नाराबाजीपछि सांसदहरु मतदानमा लागे । नाराबाजीको नेतृत्व एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए । माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत हाल्ने लाइनमा उभिएपछि त्यसको विरोधमा एमालेले नाराबाजी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *