विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा शोभा पाठक पक्राउ

सेयर गर्नुहोस्

२८ जेठ, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पाठक विरुद्ध सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने कार्य भएको भन्दै ब्यूरोमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *