जीबी राई मलेसियामा भएको पत्ता लागीसक्यो : गृहमन्त्री लामिछाने

सेयर गर्नुहोस्

६, असार, चितवन । गृहमन्त्री रबि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।

मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *