राप्रपा महिला संगठन अध्यक्षद्वारा पार्टी परित्याग

सेयर गर्नुहोस्

६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन अध्यक्ष अन्जना शाह रावलले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्षका रूपमा काम गर्न असहयोग भएकोबारे पार्टी नेतृत्वलाई जानकारी गराउँदा हतोत्साहित गरिएको भन्दै परिवारसहित पार्टी त्यागेको घोषणा रावलले गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष र पार्टी साधारण सदस्यसहित भोटरसमेत नरहेको रावलले घोषणा गरेकी छन् ।

संगठनलाई अगाडि बढाइरहँदा मेरा कारणले मेरा सहकर्मी साथीहरूलाई मस‍ँग सहकार्य गर्न असहज पैदा भैरहेको र उहाँहरूको असहयोग रहेको बारेमा पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीहरूलाई बारम्बार जानकारी गराउँदा पनि उत्साह, हौसला र प्रेरणा प्राप्त गर्नु पर्ने ठाउँमा हत्तोत्साहित हुने वातावरण निर्माण भएको हुँदा महिला संगठनलाई सोचे जस्तो ढंगबाट अगाडि बढाउन र संगठनलाई उचाइ दिन असमर्थ भएकोले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै पार्टीबाट बिदा हुने निर्णय गरेको छु, रावलले विज्ञप्तिमा लेखेकी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *