संसद सचिवालयका कर्मचारीको आन्दोलनका बिषयमा बालुवाटारमा शीर्ष बैठक सुरु

सेयर गर्नुहोस्

९ गते, काठमाडौं । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् । संसद सचिवालयका कर्मचारीहरु भत्ता पाउनुपर्ने भन्दै केहिदिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *