प्रचण्ड सरकार आफै ढल्छ : शेखर काइराला

सेयर गर्नुहोस्

९ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैं ढल्ने बताएका छन् । शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बरु वर्तमान सरकार आफैं ढल्ने बताएका हुन् ।

उनले राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए । ‘राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सबै सचेत हुनुपर्छ’, नेता कोइरालाले भने, ‘राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरु मिलेर मुलुकको ऐन-कानून र नियमलाई खिल्ली उडाउने कार्य भइरहेको छ ।

राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्छ । कार्यक्रममा नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तारलगायतका नेताहरुले पार्टीभित्र रहेको गुट उपगुटका कारण भ्रातृ संस्थाहरुको निर्वाचन हुन नसकेको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *