मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

सेयर गर्नुहोस्

१० असार, काठमाडौं । मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ४२ वर्षीय मनोज महर्जन छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । वैदेशिक रोजगारी भनेर दुबई लगेर बेचेको भन्दै उद्दार भएर फर्केपछि एक महिलाले १९ चैतमा ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

उनकै जाहेरीको आधारमा महर्जनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी गौतम मिश्रले जानकारी दिए । महर्जन यसअघि पनि वैदेशिक रोजगारीको कसुरमा ७ वर्ष कैद बसी २०७९ चैतमा छुटेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *